मध्य पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सिंह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मध्य पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सिंह


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । सरकारले मध्य पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नन्दबहादुर सिंहलाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालय प्राणिशास्त्र विभागका प्राध्यापक प्रा.डा. सिंहलाई उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालीन उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि विगत ४ महिनादेखि विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको थियो ।

त्यसैगरी पूर्वाञ्‍चल विश्वविद्यालयमा डा. यादव कोइराला नियुक्त भएका छन् ।

कुलपतिको हैसियतमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने कानुनी व्यवस्था अनुशार दुबैजनालाई नियुक्त गरिएको हो । पोखरा, नेपाल संस्कृत, कृषि तथा वन विश्वविद्यालयमा उपकुलपति रिक्त छ ।

Tags :
प्रतिक्रिया दिनुहोस