अस्पतालबाटै देशवासीका नाममा भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अस्पतालबाटै देशवासीका नाममा भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओली


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाउँमा भिडियो सम्बोधन गर्ने भएका छन्।

प्राप्त जानकारी अनुसार प्रधानमन्त्री ओली महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि देशवासीका नाउँमा भिडियो सन्देश दिने भएका हुन् ।

बुधवार मिर्गौला प्रत्यारोपण गर्ने कार्यक्रम तय गरिएकोमा त्यसअघि उनले देशवासीका लागि सन्देश छाड्न लागेका हुन्।

सन्देशमा प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाको जानकारी र मिर्गौला प्रत्यारोपणबारे बोल्ने कार्यक्रम रहेको बालुवाटार स्थित अधिकारीले बताएका छन् ।

उनी आजै अस्पतालमा भर्ना हुँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस