सञ्चारमाध्यमले सचेत पारेको छन् : मन्त्री जम्मकट्टेल « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सञ्चारमाध्यमले सचेत पारेको छन् : मन्त्री जम्मकट्टेल


१९ फाल्गुन २०७६, सोमबार


हेटौँडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकरामे जनताको सूचनाको हकको कसैले बेवास्ता गर्न नहुने बताएका छन् ।

सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशद्वारा आज यहाँ आयोजित ‘सूचना बैंक सञ्चालनार्थ सरोकारवालाहरु सँगको अन्तरक्रिया’ मा उनले सञ्चारमाध्यमले जनतालाई जागरुक, चेतनशील र सचेत पारेको जनाए ।

मन्त्री जम्मकट्टेलले विभिन्न निकायमा रहेर काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिले आफूलाई जनताको सेवकका रुपमा बुझ्नुपर्नेमा जोड दिए ।  सञ्चार रजिष्ट्रार रेवती सापकोटाले देशभरिका आवश्यक सूचनाहरुलाई सङ्ग्रहित गरेर सबैको पहुँचमा पुर्‍याउन सूचना बैंकको आवश्यकता पर्ने बताए । उनले रजिष्ट्रारको कार्यालयले प्रदेशको सञ्चार क्षेत्रको नियमन, प्रवर्द्धन तथा अनुगमन गरिरहेको उल्लेख गरे । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त किरण पोखरेलले सूचनाको हकको प्रयोग हरेकका लागि उपयुक्त र आवश्यक रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस