ठूला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ठूला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेको हो ।

मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाइ उडान पनि रोक्ने र विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेकोसमेत बताए ।कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको मन्त्री ढकालको भनाई छ ।

पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको छ भने दोस्रो चरणको तयारी अन्तर्गत संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको र नेपालमा कोरोना संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गर्न सकिने तयारीमा रहेको मन्त्री ढकालले बताए ।

मन्त्री ढकालले कोरोना भाइरसको कारण स्वास्थ मन्त्रालयले सोचेजस्तो उपलब्धी हासिल गर्न नसकेको स्वीकार गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस