प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबार अस्पताल भर्ना हुने भएपछि सोमबार बस्ने नियमित बैठकका लागी आजै आकस्मिक बैठक बोलाइएको श्रोतले जानकारी दियो ।

बैठकमा कोभिड–१९ भाइरसबाट जोगिन विभिन्न देशबाट आउने उडान बन्द गर्ने र नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलन तत्काल स्थगित गर्नेबारे, राष्ट्रिय सभामा मनोनित हुने एक जना सदस्यको नाम राष्ट्रपतिलाई सिफारिस गर्नेबारे निर्णय हुने बताइएको छ ।

मिर्गौला प्रत्यारोपण पश्चात प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बस्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस