अमेरिकामा पनि कोरोनाका कारण एकको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अमेरिकामा पनि कोरोनाका कारण एकको मृत्यु


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । अमेरिकाले कोरोना भाइरसका कारण आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ।

अमेरिकी अधिकारीहरूले स्वास्थ्य समस्या रहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर–पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको बताएका छन्।

अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको यो पहिलो घटना हो।

सो घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकहरूलाई नआत्तिन भन्द्यै अमेरिका कुनै पनि परिस्थितिका लागि तयार भइसकेको बताएका छन्।

अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको प्रकोपमा रहेका दक्षिण कोरिया, इरान र इटालीका भूभागहरूमा भ्रमण नगर्न भनेको छ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरूले मृत्यु भएका व्यक्तिले संक्रमणको जोखिम रहेका कुनै पनि क्षेत्रमा भ्रमण नगरेको बताए।

हालसम्म संसारका ५७ देशमा कोरोनाभाइरसबाट ८५ हजार मानिसहरू संक्रमित भएका छन् भने यसबाट करिब ३ हजार जनाले आफ्नो ज्यान गुमाइसकेका छन्। यसमा अधिकांश मृतक र संक्रमित चीनबाट रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस