निजामती ऐन टुङ्ग्याउन मन्त्री त्रिपाठीले मागे केही दिनको समय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निजामती ऐन टुङ्ग्याउन मन्त्री त्रिपाठीले मागे केही दिनको समय


१६ फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सङ्घीय निजामती सेवा ऐन टुङ्गोमा पुर्‍याउन थप केही दिन समय माग गरेका छन् ।

शुक्रवार बिहान प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको अनौपचारिक छलफलका क्रममा मन्त्री त्रिपाठीले थप केही दिन माग गरेका हुन् ।

सम्बन्धित समाचार : निजामती सेवा ऐनबारे समिति र मन्त्री बिच अनौपचारिक छलफल हुँदै

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयक चाँडो टुङ्ग्याउन भन्दै समिति समितिबाट तारन्तार आएको खबरपछि सिंहदरवारस्थित समितिमा पुगेका मन्त्री त्रिपाठीले कतिपय विषय टुङ्गोमा लगाउन उच्च नेतृत्वको निर्देशक आवश्यक रहेको भन्दै थप समय मागेका हुन् ।

केही विषयमा दुई अध्यक्षसँग सरसल्लाह गरेर अगाडी बढ्नु पर्ने देखिएकोले समितिसँग समय मागेको हो मन्त्री त्रिपाठीले प्रशासनसँग भने, नेकपाकै कतिपय सांसदका मत बाझिएसँगै नेतृत्व तहबाटै टुङ्गो लगाउनु पर्ने देखिएको हो

यससँगै ऐन केही समय अझै ढिला हुने देखिएको छ । यद्यपि मन्त्री त्रिपाठी र राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठले भने यही अधिवेशनबाट ऐन आउने दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस