६४८ स्थानीय तहका लागि स्वयं सेवक शिक्षक माग, तलब २६ हजार देखि ३२ हजारसम्म « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

६४८ स्थानीय तहका लागि स्वयं सेवक शिक्षक माग, तलब २६ हजार देखि ३२ हजारसम्म


१६ फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ६४८ स्थानीय तहका लागि स्वयं सेवक शिक्षकका लागि आवेदन खोलेको छ ।

केन्द्रले शुक्रवार सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वयंसेवक शिक्षकको आवेदन खोलेको हो ।

सूचनाअनुसार स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले जागिरका लागि निवेदन दिन सक्नेछन् ।

सरकारको आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा चिनौँ आफ्नो माटो बनाऔँ आफ्नो देश अभियान मार्फत स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेका युवाहरूलाई शिक्षण स्वयंसेवकका रूपमा खटाउने घोषणा अनुसार विद्यार्थी सङ्ख्या धेरै भएका तर आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयमा स्वयंसेवक शिक्षक राख्न लागिएको हो।

शिक्षण स्वयंसेवकका लागि निवेदन दिने सम्बन्धी जरुरी सूचना

विस्तृत जानकारीका लागि यो लिंकमा क्लिक गर्नुहोस्

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस