कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द


प्रशासन संवाददाता

१५ फाल्गुन २०७६, बिहिबार


टोकियो । कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न भनिएको छ ।

बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालयहरूलाई केही हप्ता बन्द गर्न आग्रह गरेका हुन् ।

अधिकारीहरूले जापानमा कोरोना भाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्रीले उक्त आह्वान गरेका हुन् । कोरोना भाइरस सङ्क्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७०० यात्रुलाई जापानमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो ।

‘सरकारले बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई अरूभन्दा उच्च प्राथमिकता दिनुपर्छ,’ आबेले भने ।

हामी देशभरका सबै प्राथमिक निम्न माध्यामिक र माध्यमिक विद्यालयलाई यही मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे विदासम्मका लागि बन्द गर्न आह्वान गरेका छौँ । जापानमा ‘स्प्रिङ होलिडे’ मार्चको अन्त्यमा सुरू हुने गर्छ ।

जापानको उत्तरी होकाइदो शहरमा गत बिहीबार एक असी वर्ष पार गरेका वृद्धलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्नमाध्यमिक विद्यालयहरू यस अघि देखि नै बन्द भइसकेका छन् । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस