संस्कृति बलियो भए मुलुक बलियो : पूर्वप्रधानमन्त्री चन्द « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संस्कृति बलियो भए मुलुक बलियो : पूर्वप्रधानमन्त्री चन्द


प्रशासन संवाददाता

१४ फाल्गुन २०७६, बुधबार


अत्तरिया । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संस्कृति बलियो भए मुलुक बलियो हुने बताएका छन् ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको विश्व साहित्य महोत्सवका अवसरमा आज धनगढीमा बोल्दै उनले साहित्य, कला र सङ्गीतले संस्कृति बन्ने गरेको छ भने । उनले संस्कृति कमजोर रहेको मुलुकमा मुलुकवासी र मुलुक कमजोर हुने गरेको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री चन्दले पछिल्लो समयमा संस्कृतिमाथि आक्रमण नै नभएपनि संस्कृतिमाथि खतरा बढेको दाबी गरे । ‘हाम्रो संस्कृतिमाथि आक्रमण नै भइसकेको छैन’, उनले भने, ‘तर आक्रमण हुन सक्छ ।’

संस्कृति संरक्षणका लागि ध्यान दिनुपर्ने बेला आइसकेको बताउँदै पूर्वप्रधानमन्त्री चन्दले नयाँ पिढीलाई संस्कृति जोगाउन सतर्क बनाउनुपर्ने बताए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस