१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वको उन्नत भाषा नेपाली : राष्ट्रपति भण्डारी

अ+ अ-

अत्तरीया । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला, साहित्य, संस्कृति र भाषाको उर्बर भूमि भएको बताएकी छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित विश्व साहित्य महोत्सवको उद्घाटन गर्दै उनले पहलमान सिंह स्वाँर, जयपृथ्वीबाहदुर सिंहजस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योगदानले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुगेको बताइन् ।

नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने एक माध्यम भएको बताइन् । उनले मानवजातिको अथक परिश्रमद्वारा सृजित भाषा एक आपसमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम भएको बताइन् । साहित्य समसामयिक समाजको ऐना भएको बताउँदै उनले साहित्य र समाजबीचको एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेको बताइन् । साहित्यले समाजका विकृति एवं विसङ्गतिलाई औँल्याउँदै सदाचार र नैतिकतालाई प्रवर्द्धन गर्ने भएकाले असल साहित्य सृजनामा साहित्यकार क्रियाशिल हुनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योग्दान पुर्‍याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न सफलता हासिल गर्ने आफूले विश्वास लिएको उनले उल्लेख गरिन्। शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने भएकाले यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने महसुस उनले गरि ।

प्रतिक्रिया दिनुहोस