प्रतिनिधिसभामा बीउबिजन र बिरुवा संरक्षण विधेयक पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभामा बीउबिजन र बिरुवा संरक्षण विधेयक पारित


प्रशासन संवाददाता

१४ फाल्गुन २०७६, बुधबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक पारित गरेको छ । बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ती दुई विधेयकलाई ‘पारित गरियोस्’ भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसैगरी बैठकले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । मन्त्री भुसालले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परम्परागत बीउबिजनको संरक्षणमा सरकारले प्राथमिकता दिँदै आएको बताए । छलफलमा पुष्पा भुसाल, प्रेम सुवाल, राजनकुमार केसी र मीना सुब्बालगायतले भाग लिएका थिए । संसद्को अर्को बैठक यही फागुन १५ गते मध्याह्न १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस