राष्ट्रपति आज सुदूरपश्चिम जाँदै, बिहीबार पाटन नगरपालिकामा सार्वजनिक विदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति आज सुदूरपश्चिम जाँदै, बिहीबार पाटन नगरपालिकामा सार्वजनिक विदा


१४ फाल्गुन २०७६, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छन्। बुधबार बिहान उनी नियमित जहाजबाट कैलालीको धनगढी जाने भएकी हुन्।

उनी धनगढीमा आज हुने विश्व साहित्य सम्मेलनमा सहभागी हुनेछिन्।

भोली (बिहीबार) उनी हेलिकप्टरबाट पहाडी जिल्ला बैतडी र दार्चुलाको भ्रमण्मा जानेछिन् ।

राष्ट्रपति भण्डारी दिउँसो बैतडी पुगेर पाटनमा सिटिइभिटीको एउटा कलेजको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। पाटन नगरपालिका ६ मा बनेको उक्त कलेजको उदघाटन गर्नुअघि राष्ट्रपति भण्डारीले दशरथ नगरपालिकामा पर्ने त्रिपुरा सुन्दरीको दर्शन गर्ने कार्यक्रम छ।

राष्ट्रपतिको स्वागतका लागि पाटन नगरपालिकाले बिहीबार नगरभरि सार्वजनिक विदा दिएको छ।

पहिलो पटक राष्ट्रप्रमुख आफ्नो गाउँमा आउन लागेकोले नगरभरिका सरकारी कार्यालय र शिक्षण संस्थालगायतमा विदा दिने निर्णय गरेको पाटनका नगरप्रमुख केशरबहादुर चन्दले बताएका छन् । राष्ट्रपतिको भव्य स्वागत गरिने उनले बताए ।

बैतडीको भ्रमण सकेर राष्ट्रपति भण्डारी डडेल्धुरा पुग्नेछन्। त्यहाँ उनले केही धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम छ।

त्यसपछि उनी कञ्चनपुर जानेछन। कञ्चनपुरको शुक्लाफाँटा महोत्सवमा सहभागी बनेर राष्ट्रपति भण्डारी शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको शितलनिवास स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस