कोरोना भाइरस : ‘भ्याक्सिन’ पत्ता लाग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरस : ‘भ्याक्सिन’ पत्ता लाग्यो


१४ फाल्गुन २०७६, बुधबार


काठमाडौ । कोरोना भाइरस (कोभिड १९) विरुद्धको ‘भ्याक्सिन’ पत्तालागेको छ । चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्तालागाएका हुन् ।

सो ट्याबलेट मुखबाट लिन सकिने छ ।

प्रोफेसर ह्वान चिनहाइले आफैंले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गरेका थिए । सो क्रममा उनमा कुनै साइड इफेक्ट देखानपरेको उल्लेख छ ।

उक्त ‘भ्याक्सिन’लाई मुखबाट लिँदा त्यसले भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ कोरोनाको संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ ।

सो विद्यालयले उक्त औषधिलाई क्लिनिकल परीक्षण र आम रुपमा उत्पादन गर्नका लागि साझेदारको खोजी गरीरहेको बताइएको छ ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार टोलीले क्याप्सुलका रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनमिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस