शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री त्रिपाठी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री त्रिपाठी


प्रशासन संवाददाता

१३ फाल्गुन २०७६, मंगलबार


परासी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शिक्षा र स्वास्थ्यको विषयमा नेपालका राजनीतिक दलहरुबीच कुनै विवाद नरहेको उनले बताए ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित दिव्यज्योति माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा मन्त्री त्रिपाठीले भने, ‘संविधानले नै व्यवस्था गरेकोले निजी र सरकारी लगानीमा शिक्षालाई अगाडि बढाउनुपर्दछ ।’ मन्त्री त्रिपाठीले मावि तहसम्मको शिक्षा व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएकोले स्थानीय तह चनाखो हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘तीन तहका सरकारको प्रणालीमा गइसकेपछि दुविधाका बीच अघि बढिरहनुपरेको स्थितिमा नेपालको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रहरुमा प्रभाव परेको छ, स्थानीय तहले पनि आफ्नो अधिकारप्रति चनाखो हुनुपर्ने अवस्था छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस