२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण

अ+ अ-

तेहरान । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, ‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्य मन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।’

वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खोखेका थिए भने पसीना बगाएको देख्न सकिन्थ्यो । लक्षणका आधारमा उनलाई अस्पताल पुर्‍याइएको थियो जहाँ उनलाई भर्ना गरी उपचार सुरू भएको छ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस