रेडपान्डाको छाला ओसारपसार गर्ने चार जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रेडपान्डाको छाला ओसारपसार गर्ने चार जना पक्राउ


१३ फाल्गुन २०७६, मंगलबार


पक्राउ

काठमाडौं । काठमाडौंको कपन खरिबोटबाट चार जनालाई रेड पान्डाको छाला ओसारपसार गरेको अभियोगमा पक्राउ परेका छन् ।

दुर्लभ मानिने रेडपान्डाकोको छाला बिक्री गरेको थाहा पाएपछि सोमबार दिउँसो साढे ३ बजे प्रहरीले काठमाडौं बुढानीलकण्ठ नगरपालिका १२ कपन खरिबोटबाट सूर्यबहादुर भुजेल, सुकबहादुर लामा, कमल तामाङ र युवराज सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको साथबाट कालो रंगको झोलाभित्र नीलो प्लास्टिकका बेरिएको अवस्थामा रेडपान्डाको एक थान छाला बरामद गरेको हो । उनीहरूलाई आवश्यक करबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस