२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कोभिड-१९ का कारण इरानमा ५० व्यक्तिको मृत्यु हल्लामात्रै’

अ+ अ-

तेहरान । नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अप्नाउन सरकारी अधिकारीहरुको आग्रह छ ।

इरानले नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको संख्या १२ पुगेको बताएको छ ।

इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्री सइद नमकीले सोमबार मृत्यु हुनेको सङ्ख्या बढेर १२ पुगेको पुष्टि गरेका हुन् ।

उनले अरु ४७ जनामा पनि यसको सङ्क्रमण देखिएको जानकारी दिएको इरानी समाचार संस्थाले जनाएको छ ।

उनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न इरानसँग पर्याप्त श्रोतसाधन रहेको दावी पनि गरेका छन् । तर आम नागरिकले सतर्कता नअप्नाएकोले फैलिने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको सरकारी अधिकारीहरुको भनाइ छ ।

सार्वजनिक कार्यक्रम तथा भेला, खेलकुदका कार्यक्रमलगायतमा सहभागी हुन सर्वसाधारणले नछाडेकाले अपेक्षित सुधार हुन नसकेको उनीहरुले बताएका छन् ।

यसैबीच, इरानको छिमेकी मुलुक इराकमा पनि यस महामारी प्रवेश गरेको छ । अहिलेसम्म कुनै सङ्क्रमित नभेटिएकोमा अहिले दुई जनामा सङ्क्रमण पुष्टि भएको इराकी स्वास्थ्य अधिकारीहरुको भनाई छ ।

उनीहरुले सोमबार नै पहिलो सङ्क्रमित भेटिएको पुष्टि गरेका थिए भने अर्का सङ्क्रमित पनि सोमबार नै भेटिएको जानकारी दिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस