सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक मन्त्री नेम्वाङलाई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक मन्त्री नेम्वाङलाई


१२ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सोमबार सहरी विकास मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन्। मन्त्री नेम्वाङलाई राज्यमन्त्री रामवीर मानन्धर र सचिव मधुसूदन अधिकारीलेले स्वागत गरेका छन्।

पदभार ग्रहण गर्दै मन्त्री नेम्वाङले बाग्मती एकीकृत आयोजना सम्बन्धी विधेयक पेस गर्ने विषयमा अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति लिने विषयमा हस्ताक्षर गरेका छन्।

समाजवादी पार्टीले सरकार छाडेसँग तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले जिम्मेवारी सम्हालेको सहरी विकासमा मन्त्री नेम्वाङलाई तोकिएको हो । ७० करोड कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएसँगै सहरी विकास मन्त्रीको पद खाली थियो।

Tags :
प्रतिक्रिया दिनुहोस