सबै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सबै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गरिने


प्रशासन संवाददाता

१२ फाल्गुन २०७६, सोमबार


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ ।

महिला, विकास र कानून मञ्चले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका महिला सशक्तिकरण महाशाखाप्रमुख मनमायाँ पङ्गेनीले कोष स्थापनाका लागि कार्यविधि बनाई सबै स्थानीय तहमा रु १० हजारका दरले सहयोग रकम पठाइएको जानकारी दिइन् ।

कोष स्थापनापछि कुसंस्कार र कुरीतिका आधारमा चलिरहेको लैङ्गिक हिंसा नियन्त्रणका लागि सहयोग पुग्ने उनको विश्वास थियो । अछाममा मात्र पछिल्लो समय ५ हजार ५०६ वटा छाउगोठ भत्काइएको मन्त्रालयले जनाएको छ । ६२० छाउगोठ घरधनीले नै भत्काए । बाँकी भने प्रहरी भत्काएको महाशाखाप्रमुख पङ्गेनीले सुनाइन् ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ, भिएसओका शिखा श्रेष्ठ लगायतले सामाजिक मूल्य मान्यताका रुपमा स्थापित लैङ्गिक हिंसा निवारणका सबै स्थानीय तहमा गठन भएका कोषलाई सञ्चार क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस