बर्दीमा ‘टिकटक’ बनाउने प्रहरी कारबाहीका लागि रानीपोखरी तानिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बर्दीमा ‘टिकटक’ बनाउने प्रहरी कारबाहीका लागि रानीपोखरी तानिए


१२ फाल्गुन २०७६, सोमबार


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘टिकटक’ भिडियो बनाएपछि नेपाल प्रहरीका नायब निरीक्षक (सइ) रत्नबहादुर थापा कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन्।

भक्तपुर सुडालमा कार्यरत सइ थापा र एक महिलाले प्रहरी पोसाकमै पेस्तोल बोकेर ‘टिकटक’ बनाएका थिए।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले आइतबार सई थापाविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएका छन्।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ती महिला प्रहरी हुन् वा होइनन् भन्नेबारे अनुसन्धानबाट खुल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस