सावधान बिमा कम्पनी : समयमा भुक्तानी नगर्नेलाई कारबाही गर्ने अर्थमन्त्री डा. खतिवडाको भनाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सावधान बिमा कम्पनी : समयमा भुक्तानी नगर्नेलाई कारबाही गर्ने अर्थमन्त्री डा. खतिवडाको भनाई


११ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी समयमा नगर्ने बिमा कम्पनीलाई कारबाही गरिने बताएका छन् ।

राष्ट्रिय बिमा संस्थानको ५३ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले बिमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको बताएका छन् ।

अबदेखि समयमा भुक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबाही गर्ने चेतावनी उनले दिए । ‘आफूले गरेको बीमाको रकम तिर्नु भएन भने कारबाही गर्ने हो । उनले भने, रियल टाइम, तत्कालै सुविधा दिन सक्ने क्षतिपूर्ति दिन सक्ने बिमितको रकम फिर्ता दिन सक्ने यो व्यवस्थामा गइएन भने जतिसुकै संस्था विस्तार गरे पनि बीमाको विस्तार हुँदैन’

उनले बिमा कम्पनीहरूले ठूलाठूला ग्राहक खोज्ने र ठूल्ठूला कारोबार मात्रै हेर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे ।

सरकारले विपन्न वर्गका नागरिकलाई स्वास्थ्य बीमामा पहुँच पुर्‍याउन १ लाखसम्मको बीमाको प्रिमियम निःशुल्क गरेको र गत वर्ष २ अर्व रकम खर्च गरेकाले बिमा कम्पनीहरूलाई पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे । अर्थमन्त्री डा. खतिवडाले अलि धेरै कमाउनेबाट कर बढी उठाएर भए पनि गरिबीको रेखा मुनी रहेका नागरिकको बिमा गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस