बाँस्कोटाको अडियो प्रकरणमा छानविन हुन्छ : गृहमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

 बाँस्कोटाको अडियो प्रकरणमा छानविन हुन्छ : गृहमन्त्री


११ फाल्गुन २०७६, आइतबार


हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अडियो प्रकरणमाथि सरकारले छानविन गर्ने बताएका छन् । आइतबार बिहान हेटौंडामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो विषयमा सरकारले छानविन गर्ने बताएका हुन् ।

उनले सेक्युरिटी प्रेससँग जोडिएको विषय भएकाले सरकारले यसमा छानविन बताए । ‘यस प्रकरणमा सञ्चारमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ, यो प्रकरणको सरकारले छनविन गरेर समाधान गर्छ’ उनले भने ।

बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा भइरहेको गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार सूर्य सुवेदी, प्रा.डा इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्की, बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख लगायतको सहभागिता छ ।

शनिबारदेखि सुरु भएको गोष्ठी आइतबार सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस