साढे १६ लाख नागरिकको निःशुल्क स्वास्थ्य बीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साढे १६ लाख नागरिकको निःशुल्क स्वास्थ्य बीमा


११ फाल्गुन २०७६, आइतबार


काठमाडौं । सरकारले चरम गरिबीको रेखामुनि रहेका साढे १६ लाख नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

आइतबार राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सब समारोहमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चरम गरिबीको रेखामुनि रहेका नागरिकको प्रिमियम सरकारले नै तिरेर बीमा गरिने बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले भने, ‘अहिले ३५ सय तिरेपछि लाख रुपैयाँसम्म कभर हुनेगरी परिवारको बीमा हुन्छ’ अर्थमन्त्रीले भने, ’गरिबीको रेखामुनि रहेका १६ लाखले त्यो तिर्नु परेन, सरकारले नै तिरिदिनेछ ।’

उनले पछिल्लो समय बीमाको पहुँचमा उल्लेख्य सुधार भएको भन्दै खुसी व्यक्त गरेका छन्। ‘बीमा पुहँच बढेर २२ प्रतिशत पुग्नु ज्यादै खुसीको कुरा हो तर यो नै पर्याप्त भने होइन ।’

Tags :
प्रतिक्रिया दिनुहोस