बास्कोटाको राजीनामापछि सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बास्कोटाको राजीनामापछि सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा.युवराज खतिवडालाई सम्हाल्ने गरी तोकेकी छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले डा.खतिवडालाई कार्यभार तोकेकी हुन् ।

यस्तै बाँस्कोटाले सम्हाल्दै आएका शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले तोकेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस