दाङबाट १७५ ले लिए अंगीकृत नागरिकता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दाङबाट १७५ ले लिए अंगीकृत नागरिकता


८ फाल्गुन २०७६, बिहिबार


दाङ । नयाँ संविधान जारीपछि दाङबाट १७५ ले अंगीकृत नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार, आर्थिक वर्ष ०७२–७३ मा २६, ०७३७४ मा २१, ०७४७५ मा ३३, ०७५७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।

अंगीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उनले जानकारी दिए ।

संविधानमा वंशज, अंगीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस