काभ्रेपलाञ्चोक ५२ औँ पूर्ण साक्षर जिल्ला घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काभ्रेपलाञ्चोक ५२ औँ पूर्ण साक्षर जिल्ला घोषणा


८ फाल्गुन २०७६, बिहिबार


बनेपा । काभ्रेपलाञ्चाक जिल्लालाई ५२ औँ पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले एक कार्यक्रमका बीच जिल्लालाई ५२ औँ पूर्ण शाक्षर जिल्ला घोषणा गरेका हुन् ।

मन्त्री पोख्रेलले काभ्रेपलाञ्चोक जिल्ला संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन(युनेस्को)ले तयार पारेको सूचक पूरा गरी ९६ दशमलब ४८ प्रतिशत साक्षर भइसकेकाले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गरेको बताए।

राष्ट्रिय जनगणना २०६८ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेर समूहका तीन लाख ७३ हजार ७२८ जनसङ्ख्यामध्ये आर्थिक वर्ष २०७६÷७७ सम्ममा तीन लाख ६० हजार ५६० जनसङ्ख्या साक्षर भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । सो घोषणासँगै काभ्रेपलाञ्चोक जिल्ला देशको ५२औंँ साक्षर जिल्ला भएको हो ।

यसअघि जिल्लाको मापदण्ड पूरा गरी मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, रोशी गाउँपालिका र चौरीदेउराली गाउँपालिकालाई साक्षर घोषणा गरी बुधबार जिल्लालाई साक्षर घोषणा गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस