डोटीमा ७० औँ प्रजातन्त्र दिवस मनाईयो (फोटो फिचर) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डोटीमा ७० औँ प्रजातन्त्र दिवस मनाईयो (फोटो फिचर)


७ फाल्गुन २०७६, बुधबार


डोटी । डोटीमा ७० औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

जिल्ला सदरमुकाममा रहेको इन्द्रचोकबाट र्याली बाजागाँजा, नारा सहित बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा अन्र्तक्रिया र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

दिवस समारोह कार्यक्रममा डोटी जिल्लाका जिल्ला न्यायधीस बिदुर काफ्ले, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मंञ्जु मलासी, जिल्ला समन्वय समितिका उप प्रमुख शसी सोप, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीप सिंह देउवा, ससन्त्र प्रहरी बल दिपायलका प्रमुख जहर सिंह बुढा, नेपाल आर्मी रुद्धध्वज गणका प्रतिनिधी , पत्रकार नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस