स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने पुस २० गते निर्णय गरेको थियो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १४ गतेसम्म मात्र थप गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस