विस्फोटक पदार्थसहित पाँच पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विस्फोटक पदार्थसहित पाँच पक्राउ


प्रशासन संवाददाता

६ फाल्गुन २०७६, मंगलबार


खाँदबारी । विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफापोखरीबाट आज पक्राउ गरेको छ ।

सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

शङ्कास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ । पक्राउ परेका अन्य चारजनाको नाम भने प्रहरीले खुलाएको छैन । माघ २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले माघ ६ गतेमात्र सार्वजनिक गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस