विद्यार्थीलाई जेब्राक्रसिङको बारेमा जानकारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यार्थीलाई जेब्राक्रसिङको बारेमा जानकारी


६ फाल्गुन २०७६, मंगलबार


डोटी । सडकको एक भागबाट अर्को भागमा जान सुरक्षित र सहजता होस भन्ने हेतुले विद्यार्थीहरूलाई जेब्राक्रसिङको बारेमा जानकारी गराइँदै छ ।

डोटीको जोरायल गाउँपालिका २ अन्तर्गत भिमदत्तराज मार्गमा पर्ने बुडर बजार क्षेत्रमा रामपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जेब्राक्रसिङ बनाई बाटो काट्ने तरिकाबारे जानकारी गराएको अस्थायी ट्राफिक प्रहरी पोस्ट बुडरका प्रहरी हवलदार भरत शाहीले बताए ।

ट्राफिक प्रहरीले सडक दृघटना न्यूनीकरणमा सहयोग पुगोस् भन्ने हेतुले विभिन्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्नुका साथै नियमित रूपमा चेकजाचँ गरिरहेको समेत हवलदार शाहीले बताए ।

ट्राफिक प्रहरीले चेकिङमा कडाई गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा सडक दृघटनामा न्यूनीकरणमा सहयोग पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक अशोक खड्काले बताए ।

उनले भने‘ नियमित रूपमा चेक जाँच गर्नु त हाम्रो काम हो त्यसको अलवा ट्राफिक नियमको बारेमा सबैलाई जानकारी होस भन्ने हेतुले विद्यालय स्तरमा, चालक, सहचालकहरूलाई , समुदायका मानिसहरूलाई जनचेतना मूलक कुराहरू जानकारी गराउँदै आएका बताए ।

ट्राफिक चेकिङमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटरसाइकलमा ३ जना सवार गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने, सिट बेल्ट नबाँध्ने लापरबाही गर्ने,नम्बर प्लेट नभएका जस्तो अवस्थामा रहेकालाई कारबाही गरिने ट्राफिक कार्यालय दिपायलले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला बाहेकका अन्य पहाडी जिल्लाहरूको लागि जेब्राक्रसिङको बारेमा जानकारी गराउनु नयाँ विषयवस्तु हो । पहाडी जिल्लाहरूमा सवारी साधनहरूको धेरै चाप नहुँदा जेब्राक्रसिङ मार्फत सडक वारपार गर्न विधि प्रचलनमा आएको छैन ।

ट्राफिक प्रहरी डोटी जिल्लाको आवश्यकता अनुसार कम भए पनि जिल्लाका मुख्य बजारहरू बुडर, बिपीनगर, सानागाँउ, तिनतालि, सिलगढी र दिपायलमा चेकजाचँ हुने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस