घोडा दौड, पैसेरु नाच र खेलकुद गरेर प्रजातन्त्र दिवस मनाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घोडा दौड, पैसेरु नाच र खेलकुद गरेर प्रजातन्त्र दिवस मनाउने


६ फाल्गुन २०७६, मंगलबार


डोल्पा । डोल्पामा ७० औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरेर तीन दिन भव्य रूपमा मनाइने भएको छ ।

घोडा दौडदेखि मैत्रीपूर्ण भलिबल र पैसेरु नाच सम्म प्रदर्शन गरी मनाइने आयोजक जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।

७०औँ प्रजातन्त्र दिवसको मूल आयोजक जिल्ला समन्वय समितिले जिल्लाको सबै कार्यालयको आर्थिक सहयोगमा प्रजातन्त्र दिवस मनाउन लागेको जिल्ला समन्वय समितिका उप-प्रमुख नरबहादुर बुढाले बताए ।

फागुन ६ गते सरकारी तथा गैरसरकारी कार्यालय सार्वजनिक स्थल,बजार सरसफाइ गर्ने सबै कार्यालयमा साँझ ८ गते सम्म दिपप्रज्यवलन गर्ने, कारागारका कैदी र अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने र मैत्रीपूर्ण भलिबल खेल शुभारम्भ गर्ने कार्यक्रम रहेका छन् ।

त्यसै गरी फागुन ७ गते प्रभातफेरी, नृत्य, माध्यमिक विद्यालय स्तरीय वक्तीत्वकला प्रतियोगिता,पैसूरु नाच र मनतब्यको कार्यक्रम रहेको आयोजक जिल्ला समन्वय अधिकारी नारायण अधिकारीले जानकारी दिए ।

उनका अनुसार, फागुन ८ गते बिहान भलिबलको फाइनल खेल गरेर दिउसो सबैको लोकप्रिय खेल घोडादौड प्रतियोगिता गरी पुरस्कार सहित समापन गर्ने कार्यक्रम तय भएको बताए ।

डोल्पामा प्रजातन्त्र दिवसमा घोडादौड प्रतियोगिता २०५२ सालदेखि नै थालनी गरिएको हो । उक्त प्रतियोगिता यस बर्ष पनि प्राथमिकतामा राख्दै घोडादौड आयोजना गरिने भएको छ । तर अघिल्ला वर्षमा घोडादौड ७ गते गरिने भए पनि यस वर्ष भने ८ गते सारिएको छ ।

७० औँ प्रजातन्त्र दिवसको अवसरमा हुने सबै कार्यक्रमहरूमा सरकारी कार्यालयका कर्मचारी, स्थानीय र होटेल ब्यावसायिहरुलाइ अनिवार्य रूपमा उपस्थित हुन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आग्रह रेका छन् ।

प्रजातन्त्र दिवस मनाउन जिल्लाका सबै सरकारी कार्यालयले जिम्मेवारी लिएका छन् । भने आयोजकको रूपमा जिल्ला समन्वय समितिले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस