डिल्लीबजार कारागारबाट छुटे महरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डिल्लीबजार कारागारबाट छुटे महरा


५ फाल्गुन २०७६, सोमबार


काठमाडौं । बलात्कार प्रयास अभियोग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागारबाट विदाई भएका छन् ।

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि महरा असोज १९ गते पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस