प्रधानमन्त्रीले गरे भूमिगत तारको शुभारम्भ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीले गरे भूमिगत तारको शुभारम्भ


५ फाल्गुन २०७६, सोमबार


काठमाडैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत तारको शुभारम्भ गरेका छन् । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कामको प्रधानमन्त्री ओलीले शुभारम्भ गरेका हुन् ।

सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट पहिलो चरणमा विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरिएको छ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस