पत्रकार प्रकाश सिंह र मेनुका ढुंगानालाई इन्जा पुरस्कार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पत्रकार प्रकाश सिंह र मेनुका ढुंगानालाई इन्जा पुरस्कार


५ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) को ‘इन्जा सामुदायिक पत्रकारिता पुरस्कार’ पत्रकाहरु प्रकाश सिंह र मेनुका ढुंगानालाई दिइने भएको छ ।

पत्रकार सिंह र ढुंगानालाई एक हजार डलर राशिको पुरस्कार दिइने निर्णय भएको छनोट समितिले जनाएको छ ।

सन् २०१९ मा प्रकाशित ३५१ समाचार तथा फिचर मध्ये सिंह र ढुंगानालाई पुरस्कार दिने निर्णय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस