ललिता निवास प्रकरण : सीआईबीमा ठगी मुद्दा दर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ललिता निवास प्रकरण : सीआईबीमा ठगी मुद्दा दर्ता


५ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । ललिता निवास प्रकरणमा मुछिएका आरोपितविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ठगी मुद्दा दर्ता भएको छ ।

गृहमन्त्रालयको जाहेरीको आधारमा १ सय ७५ जनाविरुद्ध सीआईबीमा मुद्दा दर्ता भएको डीआईजी निरज शाहीले जानकारी दिएका छन् ।

मुद्दा दर्ता भएसँगै आरोपित बनाएकालाई पक्राउ गरेर सीआईबीलाई थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ । आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुनसक्ने छ ।

ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते पूर्व उपप्रधामन्त्री विजय गच्छदारसहित ११० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस