सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु


४ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ ।

जङ्गी अड्डामा आइतबार सुरु भएको उक्त सम्मेलनमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति, रक्षा सचिव, रथीबृन्द तथा पृतनापतिहरू सहभागी छन् ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा स्पष्ट कार्य नीतिसहित केन्द्रित भएको परिप्रेक्ष्य नेपाली सेनामा आन्तरिक रूपमा भई रहेका भ्रष्टाचार नियन्त्रणका कार्य तथा छानबिनमा रक्षा मन्त्रालय र नेपाल सरकारको पूर्ण साथ रहेको बताए ।

उनले नेपाली सेनाले विशेष गरी नागरिकता र प्रमाण पत्रको छानबिन, भर्ना छनौटमा भएको अनियमितता माथिको छानबिन र कारबाही, आर्थिक अपचलनका विषयमा भएका र भइरहेका छानबिन एवम् नियमित अनुगमन जस्ता कार्यले नेपाली सेनामा दीर्घकालीन एवम् सकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना भएको बताए ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सबै तहका कमान्डरहरूको काम कारबाहीहरू पारदर्शी, नैतिक, पदीय दायित्व बमोजिमको जबाफदेही र उत्तरदायी तथा प्रणाली र पद्धति स्थापित गर्न सहयोगी हुनुपर्ने बताए ।

लागू गरिएका सम्पूर्ण नीति नियमहरूको पूर्ण कार्यान्वयन गर्ने, कार्यान्वयनका क्रममा अव्यवहारिक देखिने नीति नियमलाई समय सापेक्ष बनाउँदै लैजाने कार्यशैलीलाई सङ्गठनको संस्कृतिको रूपमा विकास गर्नुपर्ने उनको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस