राष्ट्रपतिसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट


४ फाल्गुन २०७६, आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले आज शिष्टचार भेटवार्ता गरेका छन् ।

नेपालको चार दिवसीय भ्रमणका लागि शनिबार यहाँ आइपुगेका सेनाध्यक्ष स्मिथले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाध्यक्ष स्मिथले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गरेका थिए । उनको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्नाका साथै पोखराको अवलोकन गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस