सोमबार र बुधबार ललितपुरका आधा दर्जन स्थानमा दिनभर बत्ती जाने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सोमबार र बुधबार ललितपुरका आधा दर्जन स्थानमा दिनभर बत्ती जाने


४ फाल्गुन २०७६, आइतबार


ललितपुर । ५ गते सोमबार र ७ गते बुधबार ललितपुरका केही भागमा बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्रको पाटन फर्पि‍ङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकाले आधा दर्जन ठाउँमा बत्ति दिनभर बत्ति विद्युत प्राधिकरणले जनाएको छ ।

फर्पि‍ङ फिडरको लाइनमा पर्ने ललितपुरका फर्सीडोल, डकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत यस फिडरबाट सप्लाइ लिएका सबै क्षेत्रमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ

तोकिएका काम निर्धारित समय अगावै सम्पन्न भएमा समयभन्दा अगावै बत्ती आउन सक्ने समेत प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस