कर्मचारी सरुवा विवादले गाउँपालिकामा तालाबन्दी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी सरुवा विवादले गाउँपालिकामा तालाबन्दी


४ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा गत बिहीबारदेखि लागेको ताला खुल्न नसक्दा सेवा प्रभावित बनेको छ ।

प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेको सरुवा गरिएपछि नयाँ आएका कार्यकारीलाई हाजिर गर्न नदिएको विषयमा विवाद बढ्दै जाँदा उपाध्यक्षको नेतृत्वमा नेकपा कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

नयाँ प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरु रुपन्देहीको तिनाउबाट आएका थिए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतले आफनो कार्यकक्षमा तोडफोड गरेको भन्दै गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले मुख जिल्ला अधिकारीसमक्ष लिखित जानकारी दिएकी छन्।

गाउँपालिका उपाध्यक्ष कोपिला मल्लले नयाँ प्रशासकीय अधिकृतलाई नयाँ रजिस्टरको व्यवस्था गरेर आफ्नो कार्यकक्षमा हाजिर गराएकी छिन्।

उपाध्यक्ष मल्लले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई गत बिहीबारदेखि आफनो च्याम्बरमा हाजिर गर्ने व्यवस्था गरेर काममा लगाएको जानकारी दिइन्।

गाउँपालिका अध्यक्ष पाण्डे कांग्रेसबाट र उपप्रमुख मल्ल नेकपाबाट विजयी भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस