२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको अभावले कर्णालीको विकास हुन सकेन : जनार्दन शर्मा

अ+ अ-

रुकुमपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले न्यायिक समानताविना स्वतन्त्रताको अर्थ नहुने बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको संयोजनमा आज यहाँ आयोजित पत्रकार आचारसंहिता एवं श्रमजीवी पत्रकार र सञ्चारमाध्यम विषयक ‘प्रदेशस्तरीय कार्याशाला’ लाई सम्बोधन गर्दै उनले स्वतन्त्रता न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिएका छन् ।

‘समाचार व्यक्त हुने भाँडोको मालिक अर्कै छ’, इञ्चार्ज शर्माले भने, ‘शोषण हुने ठाउँमा स्वतन्त्रता हुन्छ र ? निष्पक्ष लेखाई र पेशाबाट मर्यादा कायम हुँदा स्वतन्त्रता मिल्छ ।’ पत्रकारको लाइन नै राष्ट्र हुनुपर्ने भन्दै उनले विकास, समृद्धि र सुशासनमा आधारित तथ्यगत समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

पूर्वगृहमन्त्री शर्माले समाजको चरित्रले संस्कृतिको निर्माण गर्ने हुँदा अशल संस्कृति निर्माणमा सञ्चारकर्मीको भूमिका अहं हुने बताए । उनले भने, ‘अहिले कर्णाली प्रदेश सरकारलाई अवकाश हुन तीन महीना बाँकी सचिव सङ्घीय सरकारले पठाउँछ । कर्मचारीको अभावले यहाँको अपेक्षित विकास हुन सकेको छैन ।’

कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले पत्रकार जगत समाज रुपान्तरणको अभिन्न अङ्ग भएको बताए । उनले भने, ‘सूचना तथा सञ्चार प्रविधियुक्त प्रदेश बनाउन कर्णाली प्रदेश लागिरहेको छ । यसलाई डिजिटल ग्राम बनाउने सपना हामीले देखेका छौँ ।’

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकार आचारसंहिता र श्रमजीवी पत्रकार समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्मा, प्रेस काउन्सिल नेपाल सदस्य ईश्वरी ओझा, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापालगायतले प्रेसलाई मर्यादित र सम्मानित जगतका रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता रहेकोप्रति जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस