बुहानबाट १७५ नेपाली बोकेको विमान काठमाडौं आइपुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुहानबाट १७५ नेपाली बोकेको विमान काठमाडौं आइपुग्यो


४ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको विमान आइतबार विहान ४ः ०० बजे काठमाडौंमा अवतरण भएको छ ।

बुहानबाट शुरुमा १८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि छ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन् भने अन्य चार जनाले बुहान मै रहने निर्णय गरेका थिए ।

बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस