हैटीको एक अनाथालयमा आगलागी, १५ बालबालिकाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हैटीको एक अनाथालयमा आगलागी, १५ बालबालिकाको मृत्यु


३ फाल्गुन २०७६, शनिबार


काठमाडौं । हैटीको एक अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको जलेर मृत्यु भएको छ ।

हैटीको राजधानी पोर्ट औ पिन्समा अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले सञ्चालन गरेको अनाथालयमा शुक्रबार आगलागी भएको हो ।

सो आगलागीबाट ६० बालबालिका बाँच्न सफल भएका छन् ।

अनाथालयको चर्चबाट आगलागी भएको हैटीस्थित युनिसेफको बालबालिका सुरक्षा प्रमुख जेनिफर मेल्टनले जनाएकी छन् । अग्नि नियन्त्रण संस्थाका अधिकारीहरूले बलिरहेको क्यान्डलबाट आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । आगलागीको ठोस कारण भने अहिलेसम्म पत्ता लागेको छैन ।

हैटीका राष्ट्रपति जोभेनल मोसीले एक ट्विट गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदैघटनाबारे सत्यतथ्य पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

पेन्सिलभेनिया बेस्ड द चर्च अफ बाइबल अन्डस्ट्यान्डिङले हैटीमा सन् १९७७ देखि अनाथ र असहाय बालबालिकाका लागि लक्षित गरेर अनाथालय सञ्चालनमा छ । गृहमा १५० बालबालिका आश्रित थिए । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस