प्रधानमन्त्रीको सम्बोधन आज नहुने - प्रशासन प्रशासन
prasaLogo
२ फाल्गुन २०७६, शुक्रबार

प्रधानमन्त्रीको सम्बोधन आज नहुने


प्रकाशित मिति : 14 February, 2020 2:25 pm

प्रजातन्त्र दिवश

काठमाडौं । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सरेको छ ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ ।

शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ । सोही बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको बताइएको छ ।

आज २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालका उपलब्धि जानकारी गराउन सम्बोधन गर्ने तय भएको थियो । तर राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएपछि नेपाली कांग्रेसले शोकका कारण सदन स्थगित गर्न माग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस