२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति स्थापनामा नेपाली सेनाको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली सेनाले आज शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्दै उनले शान्ति स्थापनार्थ सेना अहोरात्र खटिएको उल्लेख गरे ।

उनले नेपालमा सशस्त्र विद्रोहको कुशलतापूर्वक व्यवस्थापन गरिएको बताए । संसारमा आन्तरिकसँगै बाह्य कारणले द्वन्द्व बढ्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसलाई आन्तरिकरुपमा एकबद्ध भएर समाधान गर्नुपर्ने धारणा व्यक्त गरे । नेपालले विगतमा एक दशकसम्म सशस्त्र द्वन्द्वको अनुभव बटुलेको र त्यसको समाधान विश्वमै उदाहरणीय भएको उनको भनाइ थियो ।

नेपाली सेना ज्यानको बाजी थापेर संसार भरी खटिएको भन्दै रक्षामन्त्रीसमेत रहेका पोखरेलले संयुक्त राष्ट्रसंघले समेत नेपाली सेनाको प्रशंसा गरेको उल्लेख गरे । ‘सेनाको इतिहास सधैँभरि गर्व गर्न लायक रहेको छ’, उनले भने, ‘नेपाली सेना जहिल्यै पनि साधक रह्यो, बाधक बनेन् ।’ दैवीप्रकोपका घटनामा सेनाले अह्म भूमिका निर्वाह गर्दै आएको उनले स्मरण गरे। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न सेनाको भूमिका अह्म रहने उनले बताए ।

‘नेपाली सेनासित भएको अनुभव अन्य देशका लागि पनि उपयोगी हुन्छ’, उनले भने । उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म चल्ने उक्त सेमिनारमा विभिन्न मन्त्रालयका प्रतिनिधि, अन्य सुरक्षा निकायका प्रतिनिधि, सेनाको कमाण्ड तथा स्टाफ कलेजका शिक्षक तथा शिक्षार्थी अधिकृतसहित १९२ को सहभागिता रहेको छ । सेमिनारमा डा.विष्णुराज उप्रेती, डा.शम्भुराम सिंखडा र सांसद डा.दीपकप्रकाश भट्टले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस