जुगल गाउँपालिकाका अध्यक्षले गलत सूचना फैलाएको मन्त्रालयको दाबी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जुगल गाउँपालिकाका अध्यक्षले गलत सूचना फैलाएको मन्त्रालयको दाबी


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गलत सूचना दिएर भ्रममा पारेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।  मंगलबार जुगल गाउँपालिकाको गुम्बा गाउँमा रुघाखोकीको लक्षण जस्तै मिल्दोजुल्दो लक्षण भएको रोग देखा परेको भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि स्वास्थ्य मन्त्रालयले त्यो गलत सूचना भएको दाबी गरेको छ ।

बुधबार रोगको परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली त्यस तर्फ पठाएपछि त्या सामान्य रुघाखोकी मात्रै भएको र कोरोना भाइरस नभएको दाबी गर्दै मन्त्रालयले जुगल गाउँपालिकाले गलत हल्ला फैलाएको भन्दै असन्तुष्टि जनाएको छ ।

रुघाखोकीलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले रुघाखोकीसँग मिल्ने रोग भन्दै पत्र लेखेर पठाएपछि त्या विषयमा मन्त्रालयको गम्भिर ध्यानआर्कषण भएको थियो ।

गुम्बा गाउँमा देखा परेको स्वास्थ्य समस्या मौसमी रुखाखोकी (सिजनल फ्लु) हुनसक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

जुगल गाउँपालिकाका स्थानियहरु २३ माघदेखि ज्वरो र रुघाखोकीका कारण बिरामी परेका थिए ।

जुगल गाउँपालिका–३ का प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले स्थानीयहरुमा ‘नोभल कोरोना भाइरससँग मिल्ने रुघाखोकी र ज्वरोको लक्षणका बिरामीहरु देखा परेको’ भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेका थिए ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले २८ माघमा सामाजिक सञ्जाल फेसबुक मार्फत ‘कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरु भेटिएको’ दाबी गर्दै पोष्ट गरेका थिए ।

अध्यक्ष श्रेष्ठको निर्देशनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकले कुनै चिकित्सकीय आधार प्रमाण बिना स्वास्थ्य मन्त्रालयलाई पात्राचार गरेका थिए ।

गाउँपालिकाको पत्राचारपछि जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर, नर्ससहितको टोली घटनास्थल पुगिसकेका थिए ।

माघ २३ देखि २९ सम्म जुगलका करिब दुई सयलाई रुघाखोकी र ज्वरोबाट बिरामी परेका छन् ।

जुगल गाउँपालिकाको गुम्बा गाउँमा बाहिरबाट कुनै यातायातका साधन नपुग्ने र चिनियाहरुको आवतजावत बन्द भएकाले कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना नभएको मन्त्रालयको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस