गृहमन्त्रीले आइजिपीलाई भने, -इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गृहमन्त्रीले आइजिपीलाई भने, -इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ


२९ माघ २०७६, बुधबार


काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन्।

आइजिपी नियुक्त भई बुधबार पदभार ग्रहणसमेत गरेका ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै गृहमन्त्री थापाले राज्यले विश्वास गरेर दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न पनि आग्रह गरे।

‘चुनौती धेरै छन्, सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास छ,’ गृहमन्त्री थापाले भने, ‘गृहमन्त्रीको रूपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ।’

‘तपाईंको कार्यकालको समय थौरै छ। तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ,’ आइजिपी ज्ञवालीलाई गृहमन्त्री थापाले भने।

Tags :
प्रतिक्रिया दिनुहोस