चन्द समूहका तनहुँ जिल्ला इञ्चार्ज पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चन्द समूहका तनहुँ जिल्ला इञ्चार्ज पक्राउ


प्रशासन संवाददाता

२९ माघ २०७६, बुधबार


दमौली । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् ।

पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

प्रहरीले चन्द निकट विद्यार्थी सङ्गठनका नेता पर्वत सेढाईंलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस