सिन्धुपाल्चोकको जुगलमा कोरोनाको जस्तै लक्षण देखियो, स्वास्थ्य टोली पठाइदिन मन्त्रालयलाई पत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिन्धुपाल्चोकको जुगलमा कोरोनाको जस्तै लक्षण देखियो, स्वास्थ्य टोली पठाइदिन मन्त्रालयलाई पत्र


२९ माघ २०७६, बुधबार


काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बा बस्तीमा कोरोना भाइरसको जस्तै लक्षण देखा परेको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको जस्तै लक्षण जुगल गाउँपालिकामा देखा परेपछि गाउँपालिकाले पहिचानका लागि विष्शेषज्ञ टोली खटाउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ ।

पत्रमा भनिएको छ, ‘साबिकको गुम्बा गाविसमा वडा नम्बर ८ को गुम्बा बस्तीमा कोरोना भाइरससँग मिल्ने रुघाखोकी, टाउको दुख्ने र अत्याधिक ज्वरो आउने लक्षण भएका बिरामी फेला परेका छन् ।’ चार दिनदेखि फैलिएको रुघाखोकी, टाउको दुख्ने र अत्याधिक ज्वरो आउने तथा वान्तासमेत हुने भएपछि गाउँपालिका नै अत्ताल्लिएको छ ।

यस्तो छ पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस