यस्ता छन् राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण ६ वटा विधेयक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्ता छन् राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण ६ वटा विधेयक


२८ माघ २०७६, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेश गरिएका ६ विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भएको हो ।

प्रमाणीकरण भएका विधेयकहरुमा भूमि सम्बन्धी(आठौँ संशोधन) विधेयक, प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक छन् । यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस